Advertisement
☰

जनकपुरमा भन्सार छलिको समान सहित दुई पक्राउ

न्युजडेस्क
२०७८ आश्विन ७, बिहीबार ०७:४०

जनकपुरधाम । भारतबाट भन्सार छलि गरि लाखौ मुल्य बराबरको मालसामान जनकपुर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ज १त ११११ नम्बर पिकअप भ्यानमा भारत बिहारबाट अवैध रुपमा जनकपुर ल्याउदै गरेको कपडा, सारी लगायतका सामानसहित बलेकिया मुकेश साह र नाम खुल्न नसकेका भ्यान चालकलाई नेपाल प्रहरीले बुधवार विहान पक्राउ गरेको छ ।

उनीहरुलाई जनकपुरको माछा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु प्रहरीले जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाएका छन् भने पक्राउ गरिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर