Advertisement
☰

समाजवादी व्युटिसियन संघ धनुषाको अध्यक्षमा सालमी साह चयन

न्युजडेस्क
२०८० पुष १९, बिहीबार २०:१०

जनकपुरधाम, पुस १९ गते। जनता समाजवादी पार्टी नेपालको भात्री संगठन समाजवादी व्युटिसियन संघ धनुषा जिल्ला अध्यक्षमा सालमी साह सर्व सहमतिले चयन भएको छ।
जनकपुर स्थित रहेका जनता समाजवादी पार्टी नेपालको धनुषा पार्टी कार्यलयमा आयोजना गरेका भेलाबाट साहलाई चयन गरेको हो। समाजवादी व्युटिसियन संघको केन्द्रिय अध्यक्ष मिनाक्षी पान्डेको अध्यक्षता भएको कार्यक्रमबाट साहलाई चयन गरेका छ्न।
सो अवसरमा जनता समाजवादी पार्टी नेपालका राजनैतिक समिति सदस्य उर्मिला साह, जसपा धनुषा जिल्ला पशुपति यादव, जिल्ला सदस्य उदय चन मिश्र, लगाईतका नेताहरु पनि सहभागिता थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर