जनकपुरधाम,चैत / २० गते
प्रदेश नं २ का भूमि व्यवस्था तथा सहकारी मन्त्री शौलेन्द्र प्रसाद साहले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नं २ ले आयोजना गरेको ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्री साहले सहकारीका लागी कृषि उत्पादन क्षेत्रको विकासमा लगानी आवश्यक रहेको बताएका छन् । किसानको आर्थिक जीवनस्तर उकास्न सहकारीको ठुलो योगदान रहेको बताउँदैं नागरिकको जीवन कृषिमा निर्भर रहेकोले सहकारीको गाउँ–गाउँमा विकास जरुरी छ । सहकारीले विकास नभए प्रदेशको विकास मात्रै होइन मुलुकको विकास असम्भ रहेको उनले भने ।
सहकारीको विकासका लागी गाउँ – नगरपालिका मात्र होइन यसमा सबैले सहकार्य गरी अगाडी बढनुपर्ने अवश्यता रहेको मन्त्री साहले बताए । यसका लागी ऐन बनाएता पनि सहकारीको विकासका लागी हातमा हात मिलाएर अगाडी बढनुपर्ने धारणा मन्त्री साहले राखे ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रलायका सचिब डा.सम्झना काफ्ले पाण्डेकी अध्यक्षतामा राज्यमन्त्री योगेन्द्र राय यादव, जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह, जसपाका केन्द्रिय सदस्य संजय चौधरी लगायतले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्