द प्रदेश टाइम्स / स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिँदा एकै परिवारका ८ जनासहित ९ जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।
आज बिहान माया नेपालीको घरमा पहिरो खस्दा उहाँसहित ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी बिनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको ज्यान गएको हो ।
उनीहरु सबै जनाको शव पुरिएको घरबाट निकालिएको छ । आज बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिएको हो । १७ वर्षकी मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ । अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झरेको हो । घाइते १७ वर्षकी मनिषा नेपालीलाई उपचारका लागि पोखरा पठाइएको छ
प्रतिक्रिया दिनुहोस्