नेपाल प्रत्रकार महासंघका सम्पुर्ण सदस्यहरु, केन्द्रिय सदस्यहरु तथा जिल्ला सदस्यहरुको उपस्थिति मंगलवार विहान विभिन्न संगठनका पत्रकारहरु प्रेस मञ्च नेपालमा प्रवेश गरेका हुन।
जनकनन्दनी एफएमका प्रबन्ध निर्देशक अर्जुन मंडलको प्रमुख आतिथ्यमा भएको ती प्रवेश कार्यक्रममा पेशाकर्मी पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनको पूर्व सँध्यामा आज महासंघ धनुषा शाखाका सचिव पुरन साह सहित २२ जना प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव पुरन साह, प्रेस मञ्च प्रदेश न २ का कार्यबाहक अध्यक्ष सुरेश यादव,गायक एवं संचारकर्मी संजय यादव,असोक दत्त,अर्जुन मण्डल लगायतका व्यक्तिहरुले आफनो आफ्नो मन्तव्य राखेका थिए।
महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावको मिति तय भए लगत्तै प्रेस युनियन, प्रेस चौतारी र प्रेस संगठन परित्याग गरी प्रेस मञ्चमा प्रवेशको लहर देखिएको छ ।
सप्तरीमा वरिष्ठ पत्रकारहरु महासंघका वर्तमान केन्द्रीय सदस्य अवधेश झा, वर्तमान प्रदेश सचिव आर एन विश्वास लगायत दस जनाले मञ्चमा प्रवेश गरेको दुई दिन नबित्दै मंगलबार जनकपुरमा महासंघका सचिव समेत २२ जना पत्रकारले मञ्चमा विधिवत प्रवेश गरेका हुन् ।
























