Advertisement
☰

८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

न्युजडेस्क
२०८१ बैशाख ३१, सोमबार ११:००

जनकपुरधाम । जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । सहकारी कर्मचारीको साथबाट सो रकम लुटेको आरोपमा जनक महतो र श्रवण कापर पक्राउ परेका हुन् ।पक्राउ परेकाहरूको साथबाट केही रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री वचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर