Advertisement

आमाले २ छोराको हत्या गरि आत्महत्या गरिन

न्युजडेस्क
२०७८ आश्विन २३, शनिबार १३:२७

जनकपुरधाम असोज २३ गते । ५ वर्षीय छोरा अभिषेक साह र ३ वर्षीय छोरा आदित्य साहलाई नगराइन नगरपालिका–७ फुलगामा बस्ने २४ वर्षीया आमा गुडिया साहले असोज २२ गते साँझ घाँटी थिचेर हत्या गरेको छ ।

३० वर्षीय पति गुरुदेव साह काम विशेषले जनकपुर आएका वेलामा दुबै छोराको हत्यापछि घरकै सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताउनुभयो ।

मृतकका गुडिया र गुरुदेवविच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । प्रेम विवाहपछि गुडियाको माइती पक्षले भागि विवाह गरेको भन्दै अस्विकार गरेका थिए ।

मृतक तीनै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी बस्नेतले बताउनुभयो । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर