Advertisement

प्रदेश सांसद यादवलाई हरिहरनाथ मन्दिरमा सम्मान

न्युजडेस्क
२०७८ मंसिर १५, बुधबार १४:३२

जनकपुरधाम, मंसिर १५ गते। संस्कृति संरक्षण अभियन्ता प्रदेश सांसद रामअशिष यादवलाई भारत बिहार राज्यको प्रसिद्ध बाबा हरिहरनाथ मन्दिर सोनपुर मा सम्मान गरिएको छ।

हरिहरनाथ मन्दिरका महन्थ सुशील शास्त्रीले जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद यादवलाई मन्दिर मा वैदिक परम्परा अनुसार बाबा हरिहरनाथ को पुजा गराई सम्मान गरेका छन् ‌सो अवसरमा राष्ट्रिय स्वयंसेवक संघ का सम्पर्क विभाग प्रमुख अजय यादव, विश्व हिन्दु परिषद का प्रचार बिभागका अवधेश यादव सहितका सनातन हिन्दु धर्म का रक्षकहरुको सहभागिता रहेको थियो।

यसैगरी प्रदेश सांसद यादवले सोनपुर,हाजिपुर र पटना को गण्डक गंगा संगममा नामामि गंगा परियोजना अन्तर्गत गण्डक नदी किनारमा भैरहेको नदी किनार संरक्षण र घाट निर्माण सहित को कार्य को स्थलगत अवलोकन गर्नुभएको छ र विहार,छपरा जिल्ला स्थित सबलपुर को महावीर मन्दिरमा दर्शन गरी पुजा पाठ गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर