Advertisement

प्रदेश सांसद यादवद्वारा चक्करमा सामुदायिक भवनको समुद्घाटन

न्युजडेस्क
२०७९ असार ३, शुक्रबार २२:१०

जनकपुरधाम आषाढ ३ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका औरही गाउँ पालिका को वार्ड नं ५ चक्कर गाउँमा नवनिर्मित सामुदायिक भवनको समुद्घाटन गर्नुभएको छ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले जन्ती विधालयमा नराखी सामुदायिक भवनमा राख्ने उद्देश्यले सामुदायिक भवनको निर्माण गरिएको कुरा बताउनुभएको छ ।

प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट चक्कर गाउँको पुर्व दिशामा रहेको प्रयोग विहिन खाल्टो भएको गहिरो जमिनमा २७ लाख ९५ हजार रुपैयाँ को लागतमा आकर्षक सामुदायिक भवनको निर्माण गरिएको छ।
भवन निर्माणबाट जन्ती, प्रशिक्षण, निशुल्क ट्युसन सेन्टर सहित सामाजिक क्रियाकलाप गर्न सहयोग पुग्ने कुरा वार्ड अध्यक्ष सरोज कुमार मंडल ले जानकारी दिए का छन्।

जसपाका युवा नेता संतोष कर्ण को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जसपाका नगर अध्यक्ष कमलदेव मंडल, वार्ड नं ६ का वडा अध्यक्ष शंकर प्रसाद साह, महिला नेतृद्वय रिता साह, बिन्दु यादव , युवा नेता हरु लालबहादुर यादव, रामबिहारी यादव सहित का वक्ता हरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर