Advertisement

पत्रकारहरु निर्धक्क भएर कलम चलाउनुपर्ने आजको आवश्यकता : प्रदेश सांसद यादव

न्युजडेस्क
२०७९ भाद्र २४, शुक्रबार २०:३६

जनकपुरधाम,भदौ २४ गते । जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले संघीयता संरक्षणका लागि पत्रकारहरु निर्धक्क भएर कलम चलाउनुपर्ने अाजको अावश्यकता रहेको कुरा बताउनुभएको छ।
प्रेस मंच नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनको समुदघाटन गर्ने क्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले गणतन्त्र संस्थागत र संघीयताको संरक्षण नभए सम्म देश र प्रदेश को समृद्धि हुन नसक्ने कुरा बताउनुभयो ।

प्रेस मंच नेपाल धनुषा का अध्यक्ष अर्जुन मंडलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ का प्रदेश अध्यक्ष राजेश कर्ण ,मंचका वरिष्ठ उपाध्यक्ष अातिश मिश्रा,संघीय परिसद सदस्य प्रेम चन्द्र झा,जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह,चलचित्र बोर्ड का सदस्य अशोक दत्त,मिडिया काउन्सिल का सदस्य कैलाश दास ,नेपाल पत्रकार महासंघ धनुषा का उपाध्यक्ष अबधेश कामत,मंचका प्रदेश संयोजक मुकेश ठाकुर ,सहित वक्ताहरूले व्यवसायिक पत्रकारिताको प्रबर्द्धन सम्बन्धमा विचार व्यक्त गरेका छन।
सो कार्यक्रममा नव प्रवेशी पत्रकारहरुलाई प्रमुख अतिथि प्रदेश सांसद यादव र मंचका वरिष्ठ उपाध्यक्ष मिश्राले टीका गमछा लगाएर स्वागत गरेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर