Advertisement
☰

जसपाद्वारा जनकपुरमा राष्ट्रपतिको पुत्ला दहन

न्युजडेस्क
२०७९ आश्विन ५, बुधबार २१:५५

जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेबी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै जसपाको कार्याकर्ताले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्।

संविधानको संरक्षक राष्ट्रपतिले नै संविधानको उलंघन गरेको भन्दै उनीहरू जनकपुरको जनक चाेकमा राष्ट्रपतिको पुत्ला दहन गरेका हुन्।   

विरोध प्रर्दशनकाक्रममा जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र एमालेविरुद्ध नाराबाजी समेत गरेका थिए।

उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिको राजीनामा माग गरेका छन्। 

दुबै सदनबाट पारित भएको नागरिकता विधेक राष्ट्रपति रोकेर संविधानलाई समेत उलंघन गरेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए। 

उनीहरू राष्ट्रपतिको विरुद्धमा नारावाजी गर्दै राजीनामाको समेत माग गरेका छन्।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर