Advertisement

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

न्युजडेस्क
२०८२ मंसिर १४, आईतवार २०:३०

आमिन राईन
जनकपुरधाम, मंसिर १४ गते।
मधेश आन्दोलनका जनक,जसपा,नेपालका केन्द्रीय अध्यक्ष समाजवादी नेता उपेन्द्र यादवले कांग्रेस कम्युनिष्टले विगत ३५ वर्ष देखि गरेको शासनले गर्दा देशको सरकारी शिक्षा,स्वास्थ्य,कृषि तथा कल कारखाना ध्वस्त भएको कुरा बताउनुभएको छ।
जसपा नेपाल निकट समाजवादी युवा संघले जनकपुरधाममा आयोजना गरेको युवा नेतृत्व सशक्तिकरण सम्मेलनको सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि समाजवादी नेता यादवले सो कुरा बताउनुभएको छ।
उहाँले देशको करिब २ सय जति जचुकाली,कृषि औजार कारखाना बिरगंज सहितका कलकारखाना कांग्रेस कम्युनिष्ट सरकारको गलत नीति,निहित स्वार्थका कारण बन्द भएपछि लाखौं युवाहरु बेरोजगार भैई देशको अर्थतन्त्र समेत धराशायी भएको कुरामा जोड दिए छन्।
समाजवादी नेता यादवले मधेश आन्दोलनका कारण गणतन्त्र, संघीयता, समावेशिता, मौलिक हक र नागरिकता समस्या संविधान उल्लेख गरिएको कुरा युवाहरुलाई जानकारी गराए का छन्।
समाजवादी युवा संघ मधेश प्रदेशका अध्यक्ष क्रान्तिकारी युवा नेता कमलेश यादवको अध्यक्षतामा सम्पन्न युवा नेतृत्व सशक्तिकरण सम्मेलनमा पार्टिका केन्द्रीय सल्लाहकार समिति का अध्यक्ष प्रा डा राम स्वार्थ राय, केन्द्रीय सचिव सुरेश मंडल, कोषाध्यक्ष प्रदेश सांसद सुरिता साह, प्रदेश सांसद रामअशिष यादव, केन्द्रीय युवा विभाग का प्रमुख युवा नेता विन्देश्वर यादव विक्की, समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष मनिष यादव, पार्टी नेता बालकिसोर प्रसाद यादव, युवा नेता मदन साह सहितका वक्ताहरुले युवाको नेतृत्व विकास सशक्तीकरण सम्बन्धमा विचार व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर