जनकपुर- लाेक आस्थाकाे महापर्व छठ पर्वको अवसरमा प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले एक विज्ञप्ती जारी गर्दै लाेक आस्थाको महापर्व छठ पर्वको अवसरमा सम्पूर्ण हिन्दु धर्माबलम्बी एवं प्रदेशवासीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको गर्नुभएको छ ।
साथै मुख्यमन्त्री राउतले विश्व सहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वस्थ्य सतर्कता अपनाइ लोकआस्थाको महापर्व छठ हर्षोलास पूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपील गर्नुभएको छ ।
विज्ञप्ती मार्फत प्रदेश सरकार स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा २ दिन षष्ठि र सप्तमी तिथिमा विदा दिने गरेको र यस वर्ष पनि २ दिन शुक्रवार र शनिवार सार्वजनिक विदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरि सकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्