Advertisement

लागू औषध सहित चोकर पक्राउ

न्युजडेस्क
२०७७ मंसिर २९, सोमबार ११:४२

बारा, / बाराको जितपुरबाट लागू औषध सहित चोकर सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । जितपुरबाट हेटौडा जान बस कुरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुरबाट खटिएको टोलिले लागू औषध सहित सहनीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश बिक्रम कार्कीको कमाण्डमा खटिएको टोलिले पर्सा जिल्लाको धोरे गाउपालिका वडा नम्बर १ बस्ने चोकर सहनीको २२ बर्सिय छोरा जितेन्द्र सहनीलाई लागू औषध सहित पक्राउ गरेको छ ।

सहनी सङ्ग रहेको ओनेरेक्स ५५० थान सहित अवाश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर