Advertisement
☰

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार घुससहित समातिए

न्युजडेस्क
२०७७ फाल्गुन १०, सोमबार ०९:०१

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको दाबी गर्दै अख्तियारले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

रिसालका अनुसार घरायसी प्रयोगका  लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत १५ रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर