समाजवादी प्राध्यापक संघ द्वरा आयोजित होलि मिलान कार्यक्रम २०७७ समाजवादी प्राध्यापक संघको केन्द्रिय उपाध्यक्ष नबल किशोर यादव उपस्थितिमा र प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा कार्यक्रम सम्पन्न भएका थिए।
कार्यक्रम सम्बोधन गर्दै राज्य मन्त्री कुशवाहा ले बताउनु भयो । शान्तिपूर्ण वातावरणमा रही सामाजिक दूरी र आपसी सदभाव कायम गरी होलि मनाउन आग्रह गर्नु भयो। साथै जुन हाम्रो मिथिलाको संस्कृति दिन प्रति दिन लोप हुन लागेको छ त्यसलाई बचाउन अति आवश्यक रहेको समेतमा जोड दिनु भयो।
साथै प्राध्यापक संघको उपाध्यक्ष द्वरा पनि चिन्ता व्यक्त गर्दै हाम्रो संस्कृति बचाउनु पर्नेमा जोड दिनु भयो र सामाजिक हिसाबले जनचेतना जगाउने कार्य गर्नु पर्छ।
उक्त कार्यक्रममा सिन्हा हेल्थ फाउन्डेसनका क्याम्पस प्रमुख पुनम साह लागायात प्राध्यापक संघका पदाधिकारीहरु को समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्