Advertisement
☰

देवदत्तको शतक, राजस्थानमाथि बेंगलोरको १० विकेटको जित

न्युजडेस्क
२०७८ बैशाख १०, शुक्रबार १०:१५

देवदत्त पाडिक्कलको शतक मद्दतमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ ।
ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरेपछि बेंगलोरले १७८ रनको लक्ष्य १६.३ ओभर खेल्दै विना क्षति १८१ रन बनाएर जित हात पारेको हो ।
पाडिक्कलले ५२ बल खेल्दै ११ चौका र ६ छक्का मद्दतमा अविजित १०२ रन बनाए । आईपीएलमा उनको यो पहिलो शतक हो ।यस्तै कोहलीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ७२ रन जोडे ।
त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रन बनाएको थियो । राजस्थानका लागि शिभम दुबेले सर्वाधिक ४६ रन बनाए । यस्तै राहुल तेवाटियाले ४० रन जोडे । रियान परागे २५ र कप्तान सन्जु सामसनले २१ रन बनाए ।

बलिङमा बेंगलोरका मोहम्मद सिराज र हर्सल पटेलले ३-३ विकेट लिए । केल जेमिसन, केन रिचर्डसन र वासिङ्गटन सुन्दरले समान १ विकेट लिए ।

लगातार चौथो जितपछि ८ अंक जोडेको बेंगलोर फेरि शीर्ष स्थानमा उक्लेको छ । यस सिजन बेंगलोर अपराजित एक्लो टोली हो । चार खेल खेल्दा तेस्रो हार व्यहोरेको राजस्थान २ अंकसहित तालिकाको पुछारमा झरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर