Advertisement
☰

माओवादीका ४९ जनानै सांसदलाई मन्त्री चाहिएपछि तनावमा छु : प्रचण्ड

न्युजडेस्क
२०७८ श्रावण ९, शनिबार १८:५९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन्।

शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादीका सबै सांसदले मन्त्री चाहेको बताए।
‘मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छु म’ अध्यक्ष प्रचण्डले भने, ‘ सबै ४९ जनालाई जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।’
पछिल्लोसमय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको उनले जनाए।

‘मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ,’ उनले भने, ‘नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमाश भनेर गाली गर्ने प्रवृतिको विकास भएको छ’ उनले भने। मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रुपमा तनाव परेको उनले बताए। ‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।’ प्रचण्डले नरबहादुर कर्मचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताए।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट अहिले २ सांसद मन्त्री रहेका छन्। अब माओवादीका भागमा पर्ने ६/७ जना मन्त्री बन्न पाउने अवस्था भएपनि सबैले मन्त्री चाहेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर