Advertisement

सांसद यादवद्वारा क्रान्तिकारी नेता निर्गुण बाबुको पुत्रहरु सम्मानित

न्युजडेस्क
२०७८ माघ ६, बिहीबार १९:४१

जनकपुरधाम,माघ ६ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद राम अशिष यादवले परमबीर, निर्भिक, निडर ,महान क्रान्तिकारी, प्रजातान्त्रिक आन्दोलनका योध्दा स्व निर्गुण यादव जी को पुत्र हिमालय यादव र क्रान्ति यादव लाई दोसल्ला ओढाएर सम्मान गरेका छन्।

निरंकुश पञ्चायती व्यवस्था विरुद्ध सशस्त्र क्रान्ति गर्नु भएका बरिष्ठ स्वतन्त्रता सेनानी स्व निर्गुण यादव को ८ औ स्मृति दिवसमा गृह गाउँ नरिहिया मा आयोजित कार्यक्रममा प्रदेश सांसद यादवले महान क्रान्तिकारी नेता स्व यादव को पुत्रहरूलाई सम्मान गरेका छन्।

सो अवसरमा प्रदेश यादवले महान क्रान्तिकारी नेता स्व यादव को योगदानलाई नेपाली कांग्रेस पार्टी ले मुल्यांकन नगरेको कुरा बताउनुभएको छ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व यादव को जेष्ठ सुपुत्र हिमालय यादव को अध्यक्षता मा सम्पन्न कार्यक्रममा पुर्व कृषि मन्त्री राम कृष्ण यादव, संविधान सभा सदस्य दिनेश प्रसैला,रा प्रा नेपाल का केन्द्रीय सदस्य नथुनी लाल दास, जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नेकपा माओवादीका नेता सुनिल यादव, नेपाली कांग्रेस का नेता भुपे यादव,भोला चौधरी, प्रदीप यादव सहित वक्ताहरुले स्व निर्गुण यादवको योगदान बारे चर्चा गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर