• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

शुल्क विवाद पछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा

२०७७ मंसिर ८, सोमबार ११:२४

काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् ।

तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी भने प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म छुटेका छैनन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको जानकारी दिए । राठौरका अनुसार उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

कलेजले थप १८ विद्यार्थीविरुद्ध प्रहरीमा उजुरी दिएको अभिभावकहरूले जानकारी दिएका छन् ।

कसरी भयो विवाद ?

कोरोनाका कारण विद्यार्थीहरूले यसपटक सम्बन्धित विद्यालयमै कक्षा १२ को परीक्षा दिँदैछन् । मोर्गनका विद्यार्थीहरू गत साता प्रवेश पत्र लिन विद्यालय पुगे ।

सम्बन्धित विद्यालय र अभिभावकबीचको विवादको नाममा विद्यार्थीलाई परीक्षा दिने अधिकारबाट बन्चित गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको भनाइ छ

तर मोर्गन व्यवस्थापनले शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन मानेन । त्यसपछि अभिभावक र कलेज व्यवस्थापनबीच छलफल भयो तर सहमति जुटेन ।

महामारीका कारण शुल्क तिर्न नसक्नेहरूलाई परीक्षा दिने व्यवस्था गर्नुपर्ने र ढिलोमा प्रमाणपत्र लिनुअघि नै शुल्क चुक्ता गर्ने अभिभावकको माग थियो । तर तत्काल शुल्क चुक्ता नगरी कुनै पनि हालतमा प्रवेश पत्र नदिने अडानबाट कलेजपछि हटेन ।

अभिभावकहरूले भने कतिपयको तिरिसकेको शुल्क पनि फेरि मागेको, आंशिक परीक्षा दिने विद्यार्थीसँग पनि पैसा मागेको र सेनिटाइजर शुल्क मात्रै प्रतिविद्यार्थी ६ हजार रुपैयाँ मागेपछि विवाद बढेको आरोप लगाएका छन् ।

विवाद बढ्दै जाँदा केही विद्यार्थीले विद्यालय भवनमा ढुंगा हानेको मोर्गन कलेजको आरोप छ । कलेजले उजुरी दिएको नभइ विवाद बढ्दै जाँदा आफैं थाहा पाएर प्रहरी त्यहाँ आएको एक शिक्षकको भनाइ छ । अभिभावकहरूले भने १८ विद्यार्थीविरुद्ध कलेजले किटानी जाहेरी दिएको बताएका छन् ।

६० पूर्णाङ्कको १२ हजार’

निजी विद्यालयहरूले सामान्तया प्रवेश पत्र वितरण गर्ने बेलामा सम्पूर्ण शुल्क माग्ने गर्छन् । तर यसपटक महामारीका कारण किस्ताबन्दीमा शुल्क बुझाउन पाउनुपर्ने अभिभावकले माग गरेका थिए ।

तर विवादको मुख्यकारण भने आंशिक परीक्षा दिन लागेका विद्यार्थीको शुल्क भएको एक अभिभावक बताउँछन् । ती अभिभावकका अनुसार आंशिक परीक्षा दिने विद्यार्थीहरूलाई प्रतिविषय कलेजले १२ हजार रुपैयाँ मागेको थियो । ‘विद्यार्थीलाई एक मिनेट पनि नपढाइकन त्यत्रो शुल्क मागेपछि हामीले तिर्न सक्दैनौं भन्यौं,’ ती अभिभावक भन्छन् ।

यसपटक ४० प्रतिशतको मात्रै परीक्षा हुन लागेको हो । बाँकी ४० प्रतिशत कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने व्यवस्था गरिएको छ ।

विद्यार्थी पढ्न नआए पनि विगतमा कक्षा ११ को परीक्षा दिएको र २० प्रतिशत आन्तरिक मूल्यांकनको अंक पठाएबापत हरेक विषयमा १२ हजार रुपैयाँ लिन लागेको मोर्गन कलेजका शिक्षकले जानकारी दिए ।

आंशिकको शुल्क लिन मिल्दैन : बोर्ड

विद्यार्थीले परीक्षा शुल्क आवेदन दिने बेलामै बुझाएको हुन्छ । त्यसबाहेक थप शुल्क लिन नमिल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल आंशिक परीक्षार्थीसँग अतिरिक्त शुल्क लिनु गलत भएको बताउँछन् । ‘पढ्ने बेलाको कुनै शुल्क तिर्न बाँकी छ भने कलेजले माग्नु स्वाभाविक हो,’ उनी भन्छन्, ‘त्यसबाहेक आन्तरिक मुल्यांकन वा अरु बाहनामा शुल्क लिन पाइँदैन ।’

सम्बन्धित विद्यालय र अभिभावकबीचको विवादको नाममा विद्यार्थीलाई परीक्षा दिने अधिकारबाट बन्चित गर्न नमिल्ने उनको भनाइ छ । अर्याल भन्छन्, ‘केही समस्या भए छलफलबाट समाधान गर्न सकिन्छ तर जुनसुकै विद्यार्थीलाई परीक्षाबाट बन्चित गराउन पाइँदैन ।’

प्राथमिकता विद्यार्थीको परीक्षा

मोर्गन कलेज रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसी दुवै पक्षलाई राखेर विवाद समाधान गर्ने प्रयास गरिएको बताउँछन् । विद्यार्थीलाई कुनै पनि हालतमा परीक्षामा बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

अभिभावकहरूले विद्यार्थीलाई निःशर्त रिहा गर्नुपर्ने बताएका छन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी गैरकानूनी शुल्क लिएको विवाद आएकाले मोर्गन कलेजको घटनामा सरकारी निकायले छानविन गर्नुपर्ने बताउँछन् ।

‘परीक्षाको मुखमा आएर विद्यार्थीलाई मनोवैज्ञानिक दबाब दिन पाइँदैन,’ भण्डारी भन्छन्, ‘एउटा पनि विद्यार्थी परीक्षाबाट बन्चित भयो भने त्यसको जिम्मेवारी कलेजले लिनुपर्दछ ।’

सम्बन्धित खवर

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव
प्रदेश विशेष

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’
प्रदेश विशेष

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान
प्रदेश विशेष

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले
सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले

ताजा समाचार

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले
अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

अन्तर्राष्ट्रिय युवा दिवसमा मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’

57 years पहिले
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार सम्मान

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech