Advertisement

उपेन्द्र पक्षले आधिकारिकता पाउने: प्रदेश २ का मुख्यमन्त्री राउत

न्युजडेस्क
२०७८ श्रावण ११, सोमबार १३:४७

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्।

सनाखतपछि प्रेदश २ का मुख्यमन्त्री लालबाबु राउतले उपेन्द्र पक्षले आधिकारिकता पाउने दाबी गरेका छन्। यसैगरी उनले प्रदेश २ को सरकार पाँच वर्ष ढुक्कले चल्ने प्रतिक्रियासमेत दिए।

‘आधिकारिकता पाउँछ। प्रदेश २ मा सरकार पाँच वर्ष सहज रुपमा चल्छ। हामी आधिकारिक हौँ। आधिकारिकता पाउँछौं,’ सनाखतपछि उनले प्रतिक्रिया दिए। आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो। यता महन्थ ठाकुर पक्ष भने हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएको थियो।

उक्त निवेदनलाई आयोगले अस्विकार गरेको छ। यादव पक्षबाट अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, मुख्यमन्त्री राउत, मोहमद इस्तियाक राईसहित अधिकांश उपस्थित भएका छन्। सम्भवत आजै आयोगले आधिकारिकताबारे निर्णय सुनाउनेछ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर