Advertisement

‘सरकारले भ्रम फैलाइरहेको छ, कोरोनाप्रति आफैं सतर्क बनौं’:- सत्रुधन यादब

न्युजडेस्क
२०७७ श्रावण ७, बुधबार २२:३३

७ साउन, काठमाडौं । लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो ।

अब लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र बन्द गरिएका छन् । लकडाउन खुकुलो भएसँगै सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले कोभिड–१९ संक्रमणको त्रास बिर्साइदिएको छ ।

तर कोरोना संक्रमणको जोखिम टरेको छैन । लकडाउन खुलेपछि संक्रमण फैलिएका देश धेरै छन् । नजिकको उदाहरण दक्षिणी छिमेकी देश भारत हो । त्यहाँ चार लाखभन्दा बढी मानिस संक्रमित र २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

लकडाउन पूर्ण रुपमा खुलाउन धेरै चरणहरु पार गर्नुपर्छ । यो लकडाउन पूर्ण रुपमा खुल्नुअघिको चरण मात्रै हो । अझै पनि सरकारले निषेधित ठाउँ तोकेको छ । भिडभाड हुने ठाउँलाई बन्देज लगाएको छ । संक्रमण सर्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएकै छ । यति हुँदाहुँदै पनि मानिसहरु लकडाउन खुलेको भनेर भ्रममा छन् । र, महामारीमा यस्तो भ्रम खतरनाक हुन्छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर