धनुषा : प्रत्येक वर्षजस्तै यस वर्षको कार्तिक पूर्णिमामा पनि कमला नदीको दृश्य रोमाञ्चक बनेको छ ।
कमला नदिमा पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् ।
कमला नदिमा गएर आ–आफनो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा भक्तहरु कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन् ।
सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज सोमबार बिहान घुँइचो लागेको हो ।
नदि सूर्योदयसँगै सोमबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिन्छन् । सोमवार रातीबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको छ । आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ ।
कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्र्रीहरु पाको हुने विश्वास गरिन्छ । भारतहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत दर्जनौ गाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीँड लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्