Advertisement
☰

बैकिङ कसुर, लागूऔषध र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पक्राउ

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार २१:१९

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार अभियुक्त सूर्यबिनायक नगरपालिका-५ बासुटोल बस्ने ४२ वर्षीय भुपेन्द्र गोराजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७५ चैत २४ गतेको फैसलाले ५० लाख रुपैयाँ जरिवाना र २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भुपेन्द्रलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ ।

पर्सा, लागूऔषध मुद्दाका फरार अभियुक्त विन्दवासिनी गाउँपालिका-५ बस्ने ५० वर्षीय बलिष्टर साह तेलीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । २०६८ माघ १६ गते तेलीको गाईगोठबाट अवैध लागूऔषध गाँजा ४० किलो फेला परेको लागू औषध मुद्दामा वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

रौतहट, ज्यान मार्ने उद्योग र हातहतियार खर-खजाना मुद्दामा फरार रहेका चन्द्रपुर नगरपालिका-२ खरियान डाँडाटोल बस्ने ४० वर्षीय जमानसिंह वाईवालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले वाईवालाई चन्द्रपुर नगरपालिका-२ जुडिवेलास्थित जंगलबाट फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर