Advertisement

समाजवादी विद्यार्थी युनियन नेपाल मधेश प्रदेश पदाधिकारी बैठकबाट ८ जिल्ला इन्चार्ज चयन

न्युजडेस्क
२०८० पुष ८, आईतवार ०८:५८

जनकपुरधाम, पुष ०८ गते। समाजवादी विद्यार्थी युनियन नेपाल मधेश प्रदेश समितिका अध्यक्ष दिपेश यादवको अध्यक्षतामा पाँचौ पुर्ण पदाधिकारी बैठक सम्पन्न भएको छ।

उक्त बैठकमा संगठनका केन्द्रिय अध्यक्ष रमेश यादव, केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज बरुण यादव, केन्द्रिय उपाध्यक्ष चिरञ्जीवी यादव, केन्द्रिय उपमहा सचीव नेम्बर राय, केन्द्रिय सचिव बलिराम कापर, केन्द्रिय सदस्य भगत यादव, लहान नगरपालिका उपप्रमुख राम चलित्र महतो लगाएतका नेताहरुको बिशेश सहभागिता थियो।

बैंककमा विभिन्न प्रस्ताव छलफल गर्दै मधेश प्रदेशको ८ वटै जिल्ला इन्चार्जहरु तोकेर साथै इन्चार्जहरुलाई पौष ३० गते सम्ममा मधेस प्रदेशमा सम्पूर्ण जिल्ला समितिहरुको गठन तथा पुर्ण:गठन गरी सम्पन्न गरि सक्नु पर्ने निर्णय गरेका छ्न।

इन्चार्जमा सप्तरी जिल्ला इन्चार्ज -चन्द्रशेखर, सिरहा जिल्ला इन्चार्ज , तारकेश्वर यादव, धनुषा जिल्ला इन्चार्ज बिबेक दास, महोत्तरी जिल्ला इन्चार्ज बिकास यादव, सर्लाही जिल्ला इन्चार्ज राधेश्याम यादव, रौतहट जिल्ला इन्चार्ज आमिन राईन, बारा जिल्ला इन्चार्ज ललन यादव, पर्सा जिल्ला इन्चार्ज शत्रुधन यादव चयन भएका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर