• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जो बाइडन राष्ट्रपति हुने भएपछि अमेरिकामा रहेका नेपाली खुशी

२४ कार्तिक २०७७, सोमबार

वाशिङ्गटन डिसी  । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो बाइडन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बिमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् ।

सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ । ‘जो बाइडनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ’, बाइडनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्ब्लीका डेलिगेट ह्यारी भण्डारीले भने, ‘अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ ।’

भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिनुभएका उपराष्ट्रपति कमला ह्यारिसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको बताए । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्बलीमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस (टिपीएस) बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधेयक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करिब १० हजार नेपाली लाभान्वित हुनेछन् ।

अमेरिकामा कानुन व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएको कदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्छन् । जिसीले कतिपय आप्रवासनसम्बन्धी कानुनको पुनरवलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गरे ।

खासरी टिपिएस, डाकाजस्ता कार्यक्रममा बाइडन प्रशासनले लचिलो नीति अङ्गीकार गर्ने विश्वास लिइएको जिसीले बताए । उनले भने, ‘पछिल्ला दिनमा आप्रवासनसम्बन्धी मुद्दामा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुने अपेक्षा राखेको छु ।’

अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले बाइडनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । उनले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिए ।

अमेरिकाले ग्लोबलरुपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गर्दै अगाडि बढ्न नयाँ रणनीति अङ्गीकार हुने शर्मा बताए । अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड- १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास रहेको शर्माको भनाइ छ ।

अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित बाइडन र ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रिया दिन्छन् । पण्डित भन्छन्, ‘नवनिर्वाचित राष्ट्रपति बाइडनले कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुहुनेछ यसले लगानीकर्ताको मनोवल थप उँचो बनाउनेछ ।’

पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनःस्थापनाको चरणमा प्रवेश गर्ने थियो । उनी सन् २००८ को वित्तीय सङ्कटका बेलामा ओवामा प्रशासनको मातहतमा रहेर बाइडनले खेलेको भूमिकाको स्मरण गर्दै भन्छन् , ‘अहिलेको घडीमा अमेरिकाले खोजेको र चाहेको व्यक्ति नै बाइडन हो ।’ पण्डितले कार्यकारी अधिकारलाई प्रभावकारी बनाउन बाइडन र ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको बताउँछन् ।

अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्न बाइडन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् । अमेरिकाको ४६औँ राष्ट्रपति बनेकोमा जो बाइडनले आफ्नो अनौपचारिकरुपमा सोमबारदेखि कामको थालनी गर्ने भएका छन् । यसका लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणका लागि थप कदम चाल्ने बताइएको छ ।

यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको छ । विगत २८ वर्षमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल जो बाइडनले यो आलेख तयार पार्दासम्म २७९ इलोक्ट्रोल मतसहित प्रत्यक्ष निर्वाचनमा ७ करोड ५४ लाख नौ हजार ३१० मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मतसहित सात करोड ११ लाख २१ हजार २५३ मत प्राप्त गरेका छन् । अझै पनि जर्जिया र एरिजोना राज्यको अन्तिम नतिजा आइसकेको छैन ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नुहुनेछ । त्यस अगाडि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनुहुनेछ ।

सम्बन्धित खवर

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना
प्रदेश विशेष

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

2 days पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट
प्रदेश विशेष

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास
प्रदेश विशेष

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
प्रदेश विशेष

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव
प्रदेश विशेष

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले
समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत
प्रदेश विशेष

समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत

3 weeks पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

2 days पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech