Advertisement

मेयर बालेन र उपमेयर डंगोलले भेटे मन्त्री झाँक्रीलाई, फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध

न्युजडेस्क
२०७९ जेष्ठ २०, शुक्रबार १०:५७

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ र उपमेयर सुनिता डंगोलले भेट गरेका छन्।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रवन्ध मिलाउनका लागि सहजिकरणका लागि शाह र डंगोलले मन्त्री झाँकीसँग भेट गरेका हुन् ।
भेटका क्रममा उनीहरुले मन्त्रीसामु फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।उक्त अनुरोधमा मन्त्री झाँक्रीले पनि बन्चरेडाँडा ल्याण्ड फिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्न आफ्नो र मन्त्रालयको पक्षबाट पूरै सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले तत्काललाई पुरानै विधिबाट फोहोर व्यवस्थापन गरिने भएपनि अब बैज्ञानिक तरिकाले व्यवस्थापनमा गर्न जरुरी रहेकोले महानगरसँग सहकार्य गर्न तयार रहेको मन्त्री झाँक्रीले बताइन् ।मेयर शाह र उपमेयर डंगोलले मन्त्रीको प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।भेटमा बञ्चरेडाँडाका स्थानीयसँग समझदारी गर्ने विषयमा पनिक कुराकानी भएको थियो ।नवनिर्वाचित मेयर शाह मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्दै उत्कृष्ट कार्य गर्न अग्रसर हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर